भूमी आयोग बागलुङको अध्यक्षमा शेरचन


आदर्श अनलाइन, बागलुङ

भूमि आयोग बागलुङको अध्यक्षमा भीम प्रसाद शेरचन (सुनिल) नियुक्त हुनु भएको छ ।

नेपाल सरकारले शेरचनसंगै ७१ जिल्लामा भूमिका आयोगको अध्यक्ष नियुक्त गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आयोगका जिल्ला अध्यक्षहरुलाई सपथ गराउनु भएको हो । यस अघि ५८ जिल्लामा अध्यक्ष नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर सपथ गराइएको हो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागवण्डा गरेर आयोजमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका छन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५–३५ जिल्ला र ७ जिल्ला मधेश केन्द्रीत दलहरुलाई भाग लगाइएको थियो । भूमि आयोग बागलुङको अध्यक्षमा नियुक्त शेरचन नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सद रहनु भएको छ । लामो समय शिक्षण पेशासंगै राजनीति गरेका शेरचन २०६४ सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. ३ मा एमालेबाट संसदीय निर्वाचनमा सहभागी हुनु भएको थियो ।

शिक्षण पेशामा १७ वर्ष ७ महिना २९ दिन स्थायी सहित २५ वर्ष सेवा गरेका शेरचन जागिरबाट राजिनामा गरेर संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बन्नु भएको थियो । जागिरबाट पेन्सन पाउन १७ महिना १ दिन बाँकी रहेका शेरचनले त्यसयता पार्टीबाट कुनै पनि लाभको पद पाउनु भएको थिएन । राजनीतिमा निरन्तर लागेर राज्यको सेवा सुविधाबाट वञ्चित भएका शेरचनलाई भूमि आयोगको अध्यक्ष बनाएर एमालेले न्याय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *