पतञ्जलि योग समितिले १० औँ राष्ट्रिय योग दिवस मनायो

आदर्श अनलाइन, बागलुङ
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्वस्थ व्यक्ति, समाज र राष्ट्रका लागि योग अपरिहार्य भएको बताउनु भएको छ ।

दसौँ राष्ट्रिय योग दवसका अवसरमा मंगलबार पतञ्जलि योग समिति बागलुङ र महिला पतञ्जलि योग समिति बागलुङको आयोजनामा भएको योग जागरण कारर्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मन शुद्धि बाट नै चेतना शुद्धि हुने भन्दै उहाँले चेतना शुद्धिका लागि योग, ध्यान र प्रणयमको विकल्प नभएको बताउनु भएको थियो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले व्यक्ति व्यक्ति र घर–घरबाट योगको जागरण ल्याउन जरुरी रहेको बताउनु भएको थियो । बागलुङ जिल्लाका १० वटै स्थानिय तहमा नियमिति योग साधना गर्ने बानि र वातावरण तयार गर्न सबै एकजुट हुनु पर्ने बताउनु भएको थियो ।

सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्धु अर्याल, नेपाल रेडक्रश सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

२०७२ साउन २८ गतेको मन्त्रीपरिषदको बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

त्यस यता हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाईदै आएको छ । कार्यक्रममा पतञ्जलि योग समिति बागलुङका संगठन मन्त्री अमृत कंडेलले पतञ्जलि योग समिति नेपालको प्रोटकल अनुसार योग अभ्यास गराउनु भएको थियो ।

कार्यक्रम पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसीको अध्यक्षता, महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठको स्वागत तथा महामन्त्री सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्