अमृत बास्कुने, म्याग्दी
बेनी नगरपालिका–६, जरबुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालक तेजेन्द्र खत्रीको मृत्यु भएको छ ।
३५ बर्षिय चालक खत्रीको मृत्यु भएको दुर्घटनामा अन्य दुई जना पनि घाइते भएको हो । गाडी घुमाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक खत्रीले आफ्नो घर नजिकै गाडी पार्किङ गर्ने क्रममा दुर्घटना हुँदा खुट्टा र शरीरमा चोट लागेपछि उपचारको क्रममा बेनी अस्पतालमा ल्याइएकोमा चिकित्सकले खत्रीलाइ मृत घोषित गरेको म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले जानकारी दिनुभयो ।
‘मृतकको शब पोष्टमार्टमपछि परिवारको जिम्म लगाइने छ, ‘घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरेको छ’ रातको समय भएकाले पार्किङको क्रममा एक्कासी पल्टिएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ इन्सपेक्टर रायमाझीले जानकारी दिनुभयो ।
जिप दुर्घटनामा च्यापिएको अवस्थामा घाइते चालकको उद्धार गरीएको र अन्य यात्रुको उद्धार गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले बताउनुभयो ।