स्मृति कपको उपाधी जिल्ला प्रहरी कार्यालय बागलुङलाई

आदर्श अनलाइन, बागलुङ
दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि विभागीय समुह जिल्ला प्रहरी कार्यालय बागलुङले जितेको छ । प्रहरीले संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५–३ गोलअन्तरले हराउँदै उपाधि चुमेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको दोस्रो मिनेटमा संकल्पका मनोज गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रहरीका डिफेन्डरले किलिएर गर्न नसकेको बललाई मनोजले गोललाईन बाहिरबाट सुन्दर गोलमा परिणत गरे ।

१ गोलले पछि परेपछि खेलमा सुधार गरेको पुलिसकोलागि सुमित श्रेष्ठले दोस्रो हाफको १५ औं मिनेटमा गोल गरे । फ्रिकिक मार्फत आएको बललाई पेनाल्टी क्षेत्रमा संकल्पका गोलरक्षकले गल्ती गरेपछि सुमितले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए ।

त्यसपछि थप गोल नभएपछि खेल २० मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । अतिरिक्त समयमा संकल्पका मुकुन्द निउरेको प्रहार गोलबारमा लाग्दै बाहिरियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल ट्राइब्रकेरमा पुगेको थियो ।

ट्राइब्रेकरमा संकल्पका सुवास गुरुङको प्रहार गोलबारमा लाग्दै बाहिरिदा उपविजेतामा चित्त बुझायो । ट्राइबेकरमा प्रहरीका सुमित श्रेष्ठ, रन्दीप पौडेल, रोशन छन्त्याल, सन्दिप तामाङ र विवेक गुरुङले गोल गरे भने संकल्पका मुकुन्द निउरे, राहुल गुरुङ र भगवत चौधरीले गोल गरे ।

उपाधि जितेको जिल्ला प्रहरी कार्यालय बागलुङले १ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको संकल्पले ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै विधागत पुरस्कारमा पनि प्रहरीका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जिल्ला प्रहरी कार्यालय बागलुङका कप्तान विवेक गुरुङ घोषित भएका छन् । प्रहरीका जिवनसिङ्ग ठकुरी उत्कृष्ट गोलरक्षक, सन्दिप तामाङ उत्कृष्ट मिडफिल्डर र सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै संकल्पका बिशाल नेपाली उत्कृष्ट डिफेन्डर, मुकुन्द निउरे उत्कृष्ट फरवार्ड, आदर्श विद्यामन्दिरका जोफा कोनाम र नारायण दल गणका धिरेन्द्र शाही उच्च गोलकर्ता र नारायण दल गण मुस्ताङले फेयर प्लेको पुरस्कार जितेको क्लबका अध्यक्ष इन्सान थापाले जानकारी दिनुभयो ।

बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *