खुल्ला महिला भलिबलको सेमीफाइनल समिकरण पुरा पुरुषको फाइनलमा बेनी र मालिका

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनीमा शुरु भएको खुल्ला महिला भलिबलको सेमीफाइनलल समिकरण पुरा भएको छ । त्यस्तै गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष भलिबलको फाइनलमा भने बेनी नगरपालिका र मालिका गाउँपालिका भिड्ने भएका छन् ।

सेमीफाइनलमा खेलमा फाइनल प्रवेशका लागि एसएसवाइसी मालिकाले हिमालयन स्पाइकर्स र अन्नपुर्ण गाउँपालिकाले जिल्ला खेलकुद विकास समिति बागलुङ सँग प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार भएको क्वाटर फाइनल खेलमा म्याग्दी जिल्ला भलिबल संघलाइ ३–० को सोझो सेटमा पराजित गर्दै एसएसवाइसी मालिकाले सेमीफाइनलमा स्थान पक्का गरेको हो । एसएसवाइसी मालिकाले २५–१४, २५–१७ र २५–७ को सोझो सेटमा जिल्ला भलिबल संघ म्याग्दीलाई पराजित गरेको हो ।

त्यस्तै अर्को क्वाटर फाइनलमा बागलुङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै अन्नपुर्ण गाउँपालिकाले सेमीफाइनलमा स्थान पक्का गरेको छ । अन्नपूर्ण गाउँपालिकाले बागलुङ नगरपालिकालाई २५–१९,२५–१९, २४–२६ र २५–२३ को सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको हो ।

छ वटा टिम सहभागी भएको खुल्ला महिला भलिबलको सेमीफाइनल खेल सोमबार बिहान बेनी बजारको खुल्लामञ्चमा हुने जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेश भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका म्याग्दी र बेनी नगरपालिका म्याग्दी भिड्ने भएका छन् । बेनी नगरपालिकाले अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने मालिका गाउँपालिकाले मंगला गाउँपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला, प्रदेश स्तरीय कृषि, पर्यटन्, औद्योगिक व्यापार मेला–२०८१ को अवसरमा गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेलाई एक लाख ५१ हजार एक सय र दोश्रो हुनेलाई ७५ हजार एक सय रुपियाँ नगद पुरस्कारका साथै ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै खुल्ला महिला भलिबलमा पहिलो हुनेलाई ७५ हजार एक सय र दोश्रो हुनेलाई ४० हजार एक सय रुपियाँ नगद पुरस्कार साथै ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *