पोखरामा आयो कोरोना भाइरस जाँच गर्ने मेसिन

आदर्श अनलाईन, पोखरा

कोरोना भाइरस जाँच गर्ने मेसिन गण्डकी प्रदेश राजधानी पोखरा आईपुगेको छ । हेलिकप्टर मार्फत मंगलबार बिहान पोखरा आएको हो ।

मेशिनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झारिएको छ ।

पोर्टेबल आरटी पिसिआर नामक मेसिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सक्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धि थापाका अनुसार अहिले मेसिन प्रयोगशालमा जडानको काम भई रहेको छ । सम्भवत यो मेसिनले आजैदेखि कोरोना भाइरसको टेस्ट सुरु गर्ने छ ।

मेसिन सहित विज्ञहरुको टोली पनि पोखरा आईपुगेको उपकुलपति थापाले जानकारी दिए । यो मेसिन डब्लु एचओबाट सर्टिफाइट भने भएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *