काठेखोला-३ धम्जामा ज्यालादारी गर्नेलाई वडाले बाँड्यो खाद्य सामग्री

वडा कार्यालयको तर्फबाट खाद्य सामग्री दिँदै वडा अध्यक्ष याम श्रीस (बीच) र वडा सदस्य खुम भण्डारी (छेउमा)

आदर्श अनलाइन, धम्जा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाले दैनिक गुजारा कठिन भएका श्रमिक, मजदुर र विपन्न परिवारलाई खाद्य सामग्री प्रदान गरेको छ ।

वडा भित्र (साविक धम्जा गाविसका १ देखी ९ वडा) सबै टोलका गरिब, बिपन्न, मजदुरी गर्नेको बिवरण संकलन गरी चामल, दाल र नुन प्रदान गरिएको हो । काठेखोला गाउँपालिकाले लक डाउन शुरु हुँदा साथा गाउँपालिका भित्रका ८ वटै वडामा श्रमिक मजदुर र विपन्न परिवारलाई सहयोग गर्ने उद्घोष गरेको थियो ।

देशमा जारी लक डाउनका कारण रोजिरोटी गुमाएका दैनिक ज्यालादारी गर्ने वडा भित्रका ४० परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको वडा अध्यक्ष यामबहादुर श्रीसले आदर्श अनलाइनलाई जानकारी दिए । वडावासीलाई घरमै बस्ने अनुरोध गरिएकाले ठुलो भीड जम्मा नगरी वडाका अध्यक्ष र सदस्यले प्रतिनिधिमूलक ढंगले गाउँ, टोलमै पुगेर राहत सामग्री प्रदान गरेको वडा सदस्य खुमबहादुर भण्डारीले बताए । अप्ठ्यारो अवस्थामा खाद्य सामग्री पाए पछि विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने खुशी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *