रैथाने भोटे कुकुर संरक्षणका लागि ‘भोटे कुकुर प्रदर्शन मेला’

आदर्श सञ्चार, बागलुङ
नेपालमै पहिलो पटक पहिलो भोटे कुकुर प्रदर्शन मेला आयोजना गरिएको छ । आगामी माघ १९ गते भोटे कुकुर क्लव अफ नेपालले पोखराको बाराही घाटमा भोटे कुकुर प्रदर्शन मेला गर्न थालेको हो । मेला बागलुङको ढोरपाटनबाट लगेर विभिन्न जिल्लामा पालेका भोटे कुकुर प्रदर्शन गरिने छ ।

पछिल्लो समय रैथाने जातका भोके कुकुर लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र सम्वद्र्धनका लागि मेला आयोजना गरिएको भोटे कुकुर क्लव अफ नेपालका महासचिव सन्देश थापाले जानकारी दिनुभयो । मेलामा मनाङ, कास्कीको घान्द्रुक, काठमाडौ, स्याङ्जा र पोखरामा पालिदै आएका कुकुर प्रदर्शन गरिने उहाँको भनाइ छ ।

उत्कृष्ट भोटे कुकुर पाल्नेलाई ट्राफिको व्यवस्था गरिएको महासचिव थापा बताउनुहुन्छ । कस्तो कुकुरलाई भोटे कुुकुर मानिने भन्ने मापदण्ड बनेको र त्यही अनुसार वल्ड केनल युनियनबाट नियुक्ती हुनु भएका नेपालका पहिलो जर्ज सन्जय गुरुङले त्यसको मूल्याङ्कन गर्ने उहाँको भनाइ छ ।

महासचिव थापाले भन्नुभयो – “कुकुर प्रदर्शन मेला हामीहरुले पहिलो पटक गर्दै छौँ, पछिल्लो समय देश विदेशबाट लिएर कुकुर पाल्ने प्रचलन बढेको छ, तर हाम्रै गाउँ ठाउँमा भएका रैथाने भोटे कुकुर लोप भएर जान थाले, त्यसले गर्दा यसको संरक्षणका लागि यो मेला आयोजना गरेका छौँ, मेलामा ३० बढी भोटे कुकुर प्रदर्शन गरिने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *