आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको बेनीमा भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठठनको भेला तथा अभिवेशनले मदन रिजालको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको उपाध्यक्षमा पूर्णबहादुर चोखाल, सचिव नारायण घिमिरे, सहसचिव जमुना पौडेल सापकोटा र कोषाध्यक्षमा साहिल भट्टचन चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिनबहादुर सापकोटा, शिव घिमिरे, सुसील पुन, सागर पुन, रमेश पुन, रामचन्द्र सुवेदी, सजिता सापकोटा, विजय रोका, रविन शेरचन, दिपक पौडेल, रनबहादुर थापा र सन्देश शाही रहेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचन, केन्द्रीय सदस्य तथा पूर्व सहायक मन्त्री जगतप्रसाद गौचन, राप्रपाका प्रवक्ता तथा संयोजित समन्वय विभाग प्रमुख गोपाल दाहल लगायतले मन्तव्य राख्नु भएको थियो । त्यस्तै राप्रपाका केन्द्रयि सदस्य रामबहादुर शाही, जिल्ला अध्यक्ष बिरबहादुर थापा, युवा संगठनका केन्द्रीय संयोजक सुजित केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भिमप्रसाद गौचनले मुलुकको दिगो विकास र उन्नतीका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नु भएको थियो । उहाँले युवाको सक्रियता र मेहनतले नै विश्वका धेरै मुलुकले उन्नती गरेको हुनाले राजनैतिक क्षेत्रमा पनि युवा सहभागिता आवश्यक रहेको धारणा राख्नु भएको थियो ।