आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल बागलुङको अध्यक्षमा कृष्ण कार्की चयन हुनुभएको छ ।
दोस्रो जिल्ला अधिवेशनबाट कार्कीको नेतृत्वमा सर्वसम्मत जिल्ला समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा श्रीकृष्ण पाठक र अनिता केसी, सचिवमा झलक आचार्य,उप–सचिव टेक बहादुर रोका र हर्क पन्त, कोषाध्यक्ष बिष्णु बहादुर खड्का (महेन्द्र) चयन हुनुभएको छ ।
सदस्यहरुमा बल बहादुर नेपाली, लाल बहादुर नेपाली, डिल बहादुर बुढाथोकी, गोपाल घिमिरे, देबिराम सापकोटा, सुर्य बहादुर खत्री, हिरा सेन, कुम बहादुर कुंवर, लेखनाथ शर्मा र सुरेन्द्र खत्री चयन हुनुभएको छ ।