आदर्श सञ्चार, मुस्ताङ
मुस्ताङमा बीमा सम्बन्धी जानकारी दिन छलफल गरीएको छ । राज्यका निकाय तथा जनप्रतिनिधिहरु बीचमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आयोजनामा मुस्ताङको जोमसोममा प्रमुख जिल्ला अधिकारी तथा स्थानिय तिहका पदाधिकारीहरु संग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया भएको हो । उक्र कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बीमाको दावी भुक्तानीलाई सहज बनाइनु पर्नेमा जोड दिनुभएको थियो ।
उहाँले कतिपय अवस्थामा बिमा दावीकै लागि पनि नियतवस गराइएका दुर्घटनाहरु भएको भन्ने सुनिएको भए पनि त्यस्तो प्रकृतिका अवस्थालाई एकीन गरेर मात्रै अरु काम गर्न पर्नेमा ध्यान दिनु पर्ने बताउनुभएको थियो । त्यस्तै बैदेशिक रोजगारीमा गएर मृत्युबरण गरेकाहरुको परिवारलाई पनि सहज तबरले दावी भुक्तानीको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।
भेटेरीनरी तथा पशु सेवा बिज्ञ केन्द्रका लालमणी अर्यालले बीमा कम्पनीहरुको बीमा दर फरकफरक हुने हुँदा पशु बिमा गर्न समस्या भउको बताउनु भएको थियो । पशु बीमा गर्दा पशुलाई लगाइएको बीमाको ट्यागहरु हराउँदापछि बीमा दावी गर्न अप्ठेरो हुने गरेको समेत धारणा राख्नु भएको थियो ।
त्यसैगरी बाली बीमा गर्दा अनुदान सम्बन्धी व्यवस्था कसरी राख्ने र बीमा शुल्कमा भएको अनुदानको व्यवस्थापन हुनु पर्नेमा कषि ज्ञान केन्द्रका कुमार पुनले जोड दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय बीमा कम्पनि लिमिटेडका अध्यक्ष दिनेश उपाध्यायले निर्जिवन बीमामा कर छुटको प्रावधान नरहेको बतउनुभएको थियो । कार्यक्रममा सुरक्षाकर्मीहरुको राज्यले दायित्व बहन गर्ने भएकोले दोहोरो सुविधाको काण बीमाले दायित्व वहन नगर्ने बताउनु भएको थियो ।
कृषि बीमामा भएको समस्या नियमक निकाय तथा राज्य संग समन्वय गरी निराकरण गर्ने प्रयास भै रहेको बताइएको थियो । कृषि बीमामा सरकारले दिएको अनुदान सम्बन्धी प्राधिकरणमा समन्वय गरेर सुविधाका लागि प्रयास गरीने उहाँको धारणा थिया ।
मोटर बीमालेखमा भएको प्रहरीले प्रमाणिकरण गर्ने कागजातमा भएका समस्या समाधानका लागि छलफल गर्ने सरकारलको सम्पत्तीको अधिकांश बीमा नभएको समेत सहभागीले प्रश्न गरेका थिए । राष्ट्रिय बीमा कम्पनि लिमिटेडका सृृजना केसीका सञ्चालनमा सम्पन्न भएकोे थियोे ।