आदर्श सञ्चार, बागलुङ
आदर्श सञ्चार सहकारी संस्थाले मृतक परिवारलाई नगद रू. तीस हजार सहित राहत सहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
आईतबार आदर्श सञ्चार सहकारी संस्था लिमिटेड, बरेङ शाखाले बरेङ गाउँपालिका-२, घट्टमा आफ्नो शेयर सदस्य स्व. श्री सकुन्तला क्षेत्रीको घरमै पुगेर राहत वितरण साथै श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्व. क्षेत्रीको परिवारलाई राहत रकम नगद रू. तीस हजारसँगै एक औपचारिक कार्यक्रमकाबीच श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको थियो
बरेङ शाखाका संयोजक जयराम शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बरेङ शाखा कार्यालय सञ्चालन समितिका सचिव श्कृष्ण श्रेष्ठले गर्नुभएको थियो भने बरेङ २ नं वडा संयोजक श्केशवराज शर्माको स्वागत मन्तव्य, घर परिवारको तर्फबाट भूपू हुग्दिशिर गाविस सचीव केशर बहादुर वर्माको धन्यवाद मन्तव्य रहेको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले यसरीनै आफ्ना शेयर सदस्यहरूलाई यसरीनै दु:खद समय, आपत बिपदमा राहत वितरण तथा सान्त्वना कार्यक्रम गरी सेवाग्राहीहरूको पक्षमा उभिने कार्यक्रमहरू गर्दै आएको छ ।