मन कुमारी केसी, बागलुङ
अखिल नेपाल महिला संघ बागलुङ नगरपालिका ३ को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले सीता शर्मा गौतमको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सीता सुवेदी खत्री चयन हुनु भएको छ । कमिटीको सचिवमा मन कुमारी केसी (करिष्मा) चयन हुनु भएको छ ।
कमिटीको कोषाध्यक्षमा विमाला किसान, सदस्यमा मञ्जु कुमारी शर्मा, सरिता पन्त, सीता खड्का, संगिता जिसी, कमला किसान, विन्दु कार्की र योगमाया गौतम चयन हुनु भएको अध्यक्ष मण्डलका संयोजक तथा अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष कालिका सापकोटाले जानकारी दिनुभयो ।
नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि अनेमसंघ केन्द्रीय कमिटी सल्लाहकार परिषद सदस्य एंव जिल्ला पार्टी महिला विभाग प्रमुख हुमादेवी खड्काले पार्टीलाई बलियो बनाउन पार्टीका संगठित महिला सदस्यको भूमिका महत्वपूर्ण हुने भन्दै अनेमसंघले घर घरमा पुगेर महिलालाई संगठित गर्नु पर्ने बताउनु भएको थियो ।
सम्मेलनमा नेकपा एमाले केन्द्रीय कमिटी परिषद सदस्य जनकराज पौडेल, पार्टीका स्कुल विभाग सदस्य तारा शर्मा, अनेमसंघ प्रदेश कमिटी सदस्य रेनु केसी हमाल, अनेमसंघ बागलुङका अध्यक्ष कालिका सापकोटा, वडा कमिटी अध्यक्ष डोलेन्द्र केसी, जिल्ला कमिटी सदस्य एंव वडा इन्चार्ज बाबुलाल शाक्य, जिल्ला कमिटी सदस्य रुद्र बहादुर महत, लक्ष्मी बोहरा, मञ्जुमाया क्षत्री, अनेमसंघ बागलुङका जिल्ला कमिटी सदस्य पुष्पा क्षत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सम्मेलन अखिल नेपाल महिला संघ बागलुङ नगरपालिका ३ का अध्यक्ष गिता खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।
