आदर्शकर्मी डम्मर बुढामगर सहित दुई पत्रकार पुरस्कृत


आदर्श सञ्चार बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेट बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डट कमका संवाददाता डम्मर बुढा मगरसहित बागलुङका दुई क्रियाीशल पत्रकार पुरस्कृत हुनुभएको छ । बुढामगर सहित गोरखापत्रकर्मी रामृकष्ण बोहोरा पुरस्कृत हुनुभएको छ ।

बुढामगर राष्ट्रिय समाचार समिति (रासस)का स्थानीय समाचारदाता र नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव समेत हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार कोष’बाट नगद पाँच हजार र सम्मान पत्र सहित बुढामगर पुरस्कृति हुनुभएको छ ।

शनिबार लेखनवृद्धि कोष घोषणा समारोहमा गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाबाट बुढामगर र बोहोरालाई पुरस्कार समर्पण गरिएको हो ।

२०८० सालमा स्थापित पुरस्कार कोषबाट पहिलो पटक बुढामगर सम्मानित हुनुभएको छ । पत्रकार महासंघ बागलुङका साधारण सदस्य रहनुभएका विकास पौडेल कोरोनाका कारण मृत्युभएपछि उहाँको परिवारले महासंघमै पत्रकारिता पुरस्कार कोष स्थापना गरेका थिए ।

एक दशकदेखि बागलुङको पत्रकारितामा सक्रिय बुढामगर २०७९ सालदेखि राससमा ढोरपाटन संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । बुढामगर पत्रकार महासंघ बागलुङका सह–सचिव समेत हुनुहुन्छ ।

यस्तै पत्रकार मित्रलाल खरेल र सिता खरेलद्वारा स्थापित ‘टिका धन खोज पत्रकारिता पुरस्कार–२०८१’ बाट गोरखापत्रकर्मी तथा ढोरपाटन पत्रिकामा कार्यरत पत्रकार रामकृष्ण बोहोरा नगद रु. १० हजार सहित पुरस्कृत हुनुभएको छ ।

विसं २०७७ सालमा पत्रकार मित्र खरेलका आमा धन कलि खरेल र बुबा टिकाराम खरेलको नाममा स्थापित सो पुरस्कार दोस्रो पटक बोहोरालाई प्रदान गरिएको हो । बोहोरा २२ बर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । यसअघि एभिन्युज संवाददाता रोजश चन्द्र राजभण्डारीलाई प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *