ओझेलमा परेका क्षेत्रलाई पत्रकारले उजागर गर्नुपर्छ : उपसभामुख थापा

आदर्श सञ्चार, बागलुङ

गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले ओझेलमा परेका विषयबस्तुलाई पत्रकारले उजागर गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शनिबार आयोजना गरेको पत्रकार लेखनवृत्ति कोषको घोषणा तथा पुरस्कार समर्पण समारोहको उद्घाटनपछि बोल्दै थापाले पत्रकारले समाजमा लुकेरका रहेका विषय, ओझेलमा पारेको क्षेत्र र वर्गालाई बाहिर ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

“चर्चामा आएका विषय र भाइरल प्रवृतिलाई हैन लुकेर बसेका दुर दराजका विषयलाई बाहिर ल्याउनुहोस, लेखन वृति कोषबाट पत्रकार टिकाउन सहज हुनेछ” थापाले भन्नुभयो “पत्रकार समाजको ऐना हो निश्पक्ष भएर कलम चलाउने र जनताको समस्याका विषयमा राज्यलाई घजघचाउने गर्नुपर्दछ ।”

गत मंसिर २८ गते सम्पन्न आठौँ जिल्ला अधिवेसनबाट निर्वाचित पत्रकार महासंघ बागलुङको नवनिर्वाचित समितिले पत्रकार लेखनवृत्ति कोषको घोषणा गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *