नगरपालिकाले समन्वय नगर्दा विश्व बैंकको सडक ठप्प पारियो


आदर्श सञ्चार, बागलुङ

विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाका तीन सडक एक साथ रोकिएका छन् । बागलुङ नगरपालिकाले उचित समन्वय नगर्दा आधा अर्ब लागतमा धमाधम स्तरोन्नती भएका सडक एकसाथ रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

नगरपालिकाले स्तरोन्नती भइरहेको सडकमा कच्च पदार्थका लागि रु. ८ लाख राजश्व बुझाएर कालीगण्डकीबाट कच्चा सामाग्री निकाल्न नपाएको भन्दै आइतबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेललाई निर्माण व्यवसायी आषिस फेवा जेभीले काम ठप्प पारेको ध्यानाकर्षण पत्र बुझाएको थियो । उनिहरुलो सोमबार उपकरणको चापी बुझाउने चेतावनी दिएका छन् ।

सात महिनामा ५० प्रतिशत भौतिक प्रगती भएको जिल्लाकै सबैभन्दा बढी लागत रु. ४९ करोडमा मा उक्त सडक कालोपत्र हुँनेगरी काम भएको थियो । तर नगरपालिकाले सम्झौतामा उल्लेख गरेअनुसार ढोडेनी बगरबाट आवश्यक कच्चा सामाग्री निकाल्दा प्रशारी प्रशासनले दुःख दिएको निर्माण व्यवसायी रविन्द्र कार्कीले जानकारी दिनुभयो । स्काभेटरको चापी प्रहरीले फिर्ता नदिएको निर्माण व्यवसायीको भनाई छ ।

“बागलुङ नगरपालिकालाई रु. ८ लाख ४६ हजार आयकर, भ्याट र राजश्व बुझाएपनि कालीगण्डकी किनारबाट आवश्यक सामाग्री निकाल्न प्रहरीले नदिने, स्थानीय तहले दिएको अनुमतीलाई धज्जी उडाउने प्रहरीबाट काम भयो, नगरपालिकाले उचित समन्वय नगरेपछि निर्माणको काम रोक्न बाध्य भएका छौं” कार्कीले भन्नुभयो “नगरपालिकाले सहयोग गरेमा मात्रै समयमै काम सकिने तर यस्तै अफ्ठारो भएमा ठेक्का रद्दका लागि निवेदन दिने छौं ।” प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको उहाँको भनाई छ ।

असारबाट काम थालिएको उक्त सडकमा सयौ उपकरण र श्रमिक परिचालन गरेर आधा काम भइसकेको थियो ।

बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्मको ८.६ किलोमिटर सडक, वडा नम्बर ४ स्थित ओडार चौरदेखि ढोडेनीसम्म २.२ किलोमिटर सडक र वडा नम्बर १ रामरेखा स्थित गणेशथान घुम्तीदेखि नीरयघाटको १.५ किमि सडक एक साथ कालोपत्रका लागि स्तरोन्नती चलिरहेको अवस्थामा निर्माण व्यवसायी काम ठप्प पारेर आन्दोलनमा उत्रेको छ ।

स्तरोन्नती संगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासंग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी रु.४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन वटै सडकको लम्बाई जम्मा १३ किमि रहेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफू काठमाण्डौ आएकाले फर्केपछि समन्वय गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *