थसाङ गाउँपालिकाको १५ औं गाउँ सभा

आदर्श सञ्चार, मुस्ताङ
मुस्ताङको थासाङ गाउँपालिकाले १५ औं गाउँ सभा सम्पन्न गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र कोबाङमा भएको गाउँसभाबाट विभिन्न ऐन लाई संसोधन गर्न बनेको विधेयक पारित गर्दै सकिएको हो ।

गाउँसभामा विनियोजन ऐन२०८१ लाई संसोधन गर्न बनेको विधेयक २०८१ छलफल पछि पारित भएको गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार सभामा छलफलका लागि पेश भएको बिधेयकलाई सर्वसम्मतीमै पारित गरिएको हो । त्यस्तै आर्थिक ऐन २०८१ संसोधन हुनुका साथै बेरुजुलाई नियमित गराउने प्रस्ताप पनि पारित भएको थियो ।

सभामा न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, थासाङ गाउँपालिका तथ्याङ संकलन ऐन, अर्थ सम्बन्धी प्रसताव संसोधन गर्न बनेको विधेयक, बेरुजु प्रतिबेदन आवश्यक छलफल सहित पारीत गर्नुका साथै गाउँपालिकामा सूचिकरण भएका ११ जना मेलमिलापकर्ताहरु नाम अनुमोदन गरिएको थियो । गाउँपालिका भित्र चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरु पनि संसोधन गरिएको प्रमुख प्रशासकिय अधिकृत विकास परियारले जानकारी दिनुभयो ।

आन्तरीक आय बढाउनका लागि गाउँपालिकाको राजश्वमा आर्थिक वृद्धिका लागि व्यवसाय दर्ता र त्यसको शुल्क निर्धारण गर्ने कार्य गरिएको गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाको न्यायिक समितिमा दुई वटा उजुरी दर्ता भएको भनाई छ ।

मजदुरले ज्याला नपाएको र आर्थिक लेनदेन मध्ये लेनदेनको उजुरी किनारा लागि सकेको भए पनि मजदुरले पारिश्रमिक नपाएको सन्दर्भमा भने उजुरी किनारा लाग्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *