माछा संरक्षणसंगै रोजगारी सृजना गर्दै बागलुङका स्थानीय सरकार


खेमराज गौतम, बागलुङ

बागलुङका तीन स्थानीय तहले माछा संरक्षण गर्दै रोजगारी सृजनाका निम्ती कानून निर्माणमा जोड दिएका छन् ।

बागलुङको गलकोट नगरपालिकाले तीन वर्ष अघिनै जलचर संरक्षण ऐन अनुसार माछा संरक्षण गर्ने, युवालाई माछा मार्न अनुमती दिने र पालिकालाई आम्दानी समेत गर्न थालेको छ । तीन वर्षदेखि माछाले फुल पार्ने समयमा माछा मार्न प्रतिबन्ध गर्ने, विषादी र करेन्ट लगाएर माछा मार्न नपाइने र अबैद्य माछा मार्नेलाई कार्वाही गर्ने नीत कार्यन्वयनमा गएपछि माछा उत्पादनमा समेत वृद्धि भएको छ ।

गलकोट नगरपालिकाले युवालाई माछा मार्न अनुमती दिनेर पालिकाले राजश्व समेत उठाउले लक्ष्य लिएको छ । फुल पार्ने समयमा माछा हुर्कन पाएपछि उत्पादनमा दोब्बरले वृद्धि भएको गलकोटका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । कानूनले प्रतिबन्ध गरेको क्रियाकलाप अनुसार माछा मार्ने कार्यलाई एनेले रोकेको छ ।

बागलुङको दरमखोलामा पाइने असला माछा निकै प्रसिद्ध भएकाले संरक्षण संगै स्थानीयलाई रोजगारीमा जोड्नका लागि गलकोट नगरपालिकालाई पच्छाउदै बागलुङको काठेखोला गाउँपालिकाले समेत १६ औं गाउँसभा मार्फत जलचर संरक्षण ऐन ल्याएको हो ।

काठेखोलामा पाइने असला माछा संरक्षण गर्ने, माछा मार्न निश्चित समयका लागि अनुमती प्रदान गर्ने र चलचरको संकट टार्नका लागि ऐन ल्याएको गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले जानकारी दिनुभयो ।

बागलुङको काठेखोला गाउँपालिकाले जलचर संरक्षण ऐन सभामार्फत पारित गरेको हो । काठेखोला गाउँपालिकाले १६ आंै गाउँसभा मार्फत जलचर संरक्षण ऐन पास गरिएको छ । काठेखोलामा पाईने असला माछा संरक्षणाका लागि जलचर संरक्षण ऐन ल्याईएको थापाले बताउनुभयो ।

उहाँले काठेखोलामा पाईने असला माछा संरक्षण गर्ने, विष तथा करेन्टबाट माछा मार्न नपाईने र फुल पार्ने समयमा माछा मार्न नपाईने जानकारी दिनुभयो ।

जलचर संरक्षण ऐनमा करेन्ट लागेर माछा मार्न नपाईने, विष हाल्न नपाईने र दुवाली थुन्न नपाईने उल्लेख गरिएको छ । ऐन कार्यानवयनमा गएपछि संकटमा रहेका असला माछाको संरक्षणहुाने र समुदायलाई आम्दानीको स्रोत बढ्ने गाउँपालिकाको भनाई छ । “खोलाको क्षेत्रलाई समुदायमा समूह गठन गरेर संरक्षण र उत्पादनमा जोड दिने, गाउँपालिकाले माछाको उत्पादन बढाउन खोलामै पूर्वाधार बनाउन समेत सक्नेछ” थापाले भन्नुभयो “समुदायलाईनै खोलाको संरक्षण, माछाको संरक्षणको जिम्मा दिएपछि उनिहरुले आम्दानी गर्न सक्नेछन् भने समुदायलाई आय आर्जन बढ्नेछ ।” अहिले काठेखोलाका असला माछा अबैद्य रुपामा चोरी सिकारी बढ्दा संकटमा रहेपछि स्थानीय सरकारले कानून ल्याएको हो । बागलुङको ताराखोला गाउँपालिकाले समेत गाउँपालिका भित्रको ताराखोला जस्ता महत्वपूर्ण खोलामा फुल पार्ने समयमा माछा मार्न रोकलगाउने गरेको छ भने कानून निर्माणको तयारीमा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *