गण्डकी प्रदेशको अध्यक्षमा पर्वतका अजय विक


आदर्श सञ्चार, दोहा
गण्डकी प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा नन्दलाल विक (अजय) निर्वाचित हुनुभएको छ । ’‘हाम्रो अभिभारा,समृद्ध गण्डकी प्रदेश’’ भन्ने नारा सहित सन् २०१७ मा स्थापित संस्थाको मंगलबार सम्पन्न चौथो अधिवेशले अजय विक (पर्वत)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन अर्याल (स्याङ्जा), उपाध्यक्षमा कल्याण थापा (लमजुङ) र अर्जुन सग्रौला (गोरखा), महासचिवमा मन प्रसाद रानामगर (कास्की) र कोषाध्यक्षमा मदन जि सी (बागलुङ) रहनुभएको छ ।

गण्डकी प्रदेश समन्वय परिषद कतारको बिधानत संस्थामा आवद्ध जिल्लाका अध्यक्ष कार्यसमितिको पदेन सदस्य रहने ब्य्बस्था अनुरुप सन्तोष क्षत्री (अध्यक्ष – पर्वत समाज) , अग्निधर देवकोटा(अध्यक्ष – कास्की आदर्श समाज), बाबुराम भण्डारी (अध्यक्ष – मोना कतार ), ओम गुरुङ (अध्यक्ष (गोरखा सेवा समाज), घनश्याम जैसी (अध्यक्ष – स्याङ्जा सहयोग समाज), नीराजन गौतम (अध्यक्ष – बागलुङ सेवा समाज), विनोद प्रसाद बर्सौला (अध्यक्ष – लमजुङ सेवा समाज), मीनराज वाग्ले (कार्यबाहक अध्यक्ष – तनहुँ सेवा समाज ) पदन सदस्यमा निर्वाचित हुनुभएको भएको छ ।

फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न चौथो अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिती संयोजक राकेश श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि आफ्नो प्रतिवद्दता मन्तव्य राख्दै नन्दलाल विक (अजय) ले सर्वसम्मत कार्यसमिति निर्वाचित गरेकोमा गण्डकी प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला सस्था, संस्थाका संरक्षक, निवर्तमान सल्लाहकार एव अग्रज ब्याक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

गण्डकी प्रदेश समन्वय परिषद कतारले आवद्ध जिल्ला सस्था तथा कतारमा स्थापित विभिन्न संघ–संस्थाहरु संग समन्वय गरेर विभिन्न सामाजिक एवं मानवीय कार्यमा सहकार्य सगै श्रमिकहरुलाई सचेतना मुलक कार्यक्रम गर्दे आएकोमा त्यसलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउने बताउनुभयो ।

कतारमा रहेका गण्डकीबासी कुनै समस्यामा परेमा उनिहरुलाई आवश्यक सहयोग गर्ने काम आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै अध्यक्ष विकले कतारको निति–नियम, कानुनको बारेमा तथा नेपाल सरकार बाट प्राप्त हुने विभिन्न सेवा सुविधाको बारेमा सचेतनामुलक सभा तथा सेमिनार समेत गरिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *