फाइल तस्बिर
आदर्श सञ्चार, बागलुङ
बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझ ५ बजेदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपात भएपछि किसान हर्षित भएका छन् ।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ । शुक्रबारदेखि नै मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताउनुभयो ।
हिमपातले गर्दा घोँडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन नसकेको उहाँको भनाइ छ । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “लामो समय खडेरी प¥यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सक्न थालेका थिए, ढिलै भए पनि पानी प¥यो, आइतबार साँझदेखि हिउँ पनि परेको छ, यसले सुक्न लागेको गहुँ जौँलाई राम्रो गर्ने भयो, चिसोले घर बाहिर निस्किन पनि कठिन भएको छ ।”