प्रविधिमैत्री शिक्षक समाजको अनलाइनमा प्रशिक्षक प्रशिक्षण

आदर्श अनलाईन, बागलुङ

विश्वभरी महामारीको रुपमा फैलिरहेको (कोभिड १९) कोरोना संक्रमणको डरले यतिबेला नेपाल लकडाउन छ । सरकार संगै विभिन्न संघ संस्था र व्यक्तिहरुले पूर्व निर्धारण गरेका कार्यक्रमहरु यतिबेला रोकिएका छन् ।

तर प्रविधि मैत्री शिक्षक समाज नेपालले भने पूर्वनिर्धारीत प्रशिक्षक प्रशिक्षण (TOT) तालीम सञ्चालन गरिरहेको छ । केन्द्रीय समितिका ४५ जना र प्राविधिक समितिका ४० जना हरेक दिन तालिममा सहभागी भइरहेका छन् ।

‘काठमाडौ, पोखरा या विराटनगर मध्ये कुनै एक ठाउँमा तालीमको आयोजना गर्ने गरि तयारी गरिरहेका थियौ’, प्रविधि मैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य डिल्लीराज उपाध्यायले भन्नुभयो ‘कोरोना संक्रमणको डरले प्रविधिको प्रयोग गर्दै अनलाइन प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेका हौं ।’ अनलाइनबाट तालीमको आयोजना गर्दा फाईदै फाईदा भएको उहाँको तर्क छ ।

‘काठमाडौमा तालीमको आयोजना भएको भए, ४५ जना मानिस आउदा जाँदा, खाँदा, बस्दा लाखौं खर्च लाग्थ्यो’, उपाध्यायले भन्नुभयो ‘अनलाइन मार्फत तालीमको आयोजना गर्दा आर्थिक रुपमा भार कम भएको छ भने समयको पनि सदुपयोग भएको छ ।’ विहान ११ बजेदेखि दिउसो साडे २ बजेसम्म सञ्चालन हुने अनलाईन तालीममा ओएब डिजाईन, सामाग्री तयार, फोटोसप, पेजमेकर, इनडिजाईन संगै कम्प्यूटरमा आउने समस्या समाधानको बारेमा प्रशिक्षण हुदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *