म्याग्दीमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन जना घाइते

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -३ घुइठेमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च ४६४४ नम्बरको भ्यान बेनी- जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट भ्यान दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका-४ का ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन जना घाइते हुनेहरूमा वडा नम्बर ४ घरापकी ५२ वर्षीया विष्णु बुढाथोकी, ४० वर्षकी नमिता चोचाङ्गी र ५० किरुपा पुन घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो ।

नारच्याङ स्थित शिवालय मन्दिरमा पुजाको लागी जादै गरेकाे गाडी बुधबार सडकदेखि करिब ५० मिटर तल कालीगण्डकी नदिमा खसेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *