बागलुङका शिवालयमा भक्तजनको भीड


आदर्श सञ्चार, बागलुङ
महाशिवरात्रिका अवसरमा बागलुङका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरू भक्तजनहरुको भीड लागेको छ ।
महाशिवरात्रीको अवसरमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको भीड लागेको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित प्रसिद्ध गौरिधाम शिव मन्दिर, काठेखोला गाउँपालिका–७ स्थित ओदानेश्वर शिव मन्दिर र बागलुङ नगरपालिका–९ तित्याङ शिव मन्दिर लगायतमा शिव आराधना गरिएको छ ।

ओदानेश्वर महादेव मन्दिर रेशमा महाशिवरात्री मेलाको आयोजना गरी राष्ट्रिय कलाकार प्रजापती पराजुलीले आफ्नो प्रस्तुती समेत दिनुभएको आदानेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । पराजुलीले लोक संस्कृतिको जगेर्ना गर्न स्थानीय नै अग्रसरता हुनुपर्ने बतउानुभएको थियो ।

बाइसे चौबिसे राज्य अन्र्तगत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको कृतिम ओदान संरक्षित गरेर राखिएको उक्त डाँडाको नाम पछि ओदान खसे हुँदै ओदानडाँडाको नामाकरण गरिएको थियो । यस्तै काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र गलकोट नगरपालिका–७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिर लगायतका शिवालयमा भक्तजनहरु पुगेका थिए ।

शिवरात्रिको दिनमा भगवान शिवको पूजाआजा भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भगवान शिवलाई बेलपत्र, भाङ धतुरो चढाउने परम्परामा पनि रहँदै आएको छ । हिन्दु धर्ममा देवका पनि महादेवका रुपमा भगवान शिवलाई पूजाआजा भजन कीर्तन गर्ने परम्परा रहेको छ । भगवान शिवको पूजा पाठ गर्न भजन कीर्तनका लागि बिहानैदेखि भक्तजनहरू बागलुङका शिव मन्दिरहरूमा पुगेका छन् । भगवान शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूहरूले शिवरात्रि पर्व मान्दै आएको पौराणिक कथन रहेको पाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *