अनेरास्ववियुको जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा सरसफाइ

आदर्श सञ्चार, म्याग्दी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) म्याग्दीको २१ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा अस्पताल क्षेत्रमा सरसफाइ गरिएको छ ।

अनेरास्ववियुको अगुवाइमा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायतको टोलीले अस्पताल कम्पाउण्ड भित्र सरसफाइ गरेको हो । सरसफाइबाट निस्केको फोहोरलाई व्यवस्थापन गरिएको अनेरास्ववियु म्याग्दीका पूर्व अध्यक्ष सुवास विश्वकर्माले जानकारी दिनुभयो ।

अनेरास्ववियुको जिल्ला अधिवेशन फागुन १६ र १७ गते बेनीमा हुने भएकाले उद्घाटन भन्दा पहिला सकारात्मक सन्देश प्रवाह गर्नका लागि आफूहरुले सरसफाइ गरिएको अध्यक्ष मिलन कार्कीको भनाई छ । अधिवेशनको सबै तयारी पुरा भएको र शुक्रबार उद्घाटन हुने उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्