बागलुङका ९८ प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो


खेमराज गौतम, बागलुङ
बागलुङका ११ हजार १७६ जना किशोरीलाई एचपिभी खोप लगाइएको छ । बागलुङका ११ हजार ५५५ जना किशोरीलाई एचपिभी खोप लगाईने तथ्याङ्क संकलन गरेपनि ९८ प्रतिशत युवतीलाई खोप लगाउन सफल भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

लक्ष्य हासिल गर्न ९० प्रतिशत भन्दा बढीलाई खोप लगाउनुपर्ने भएपनि जनस्वास्थ्य कार्यालयले ९८ प्रतिशत किशोरीलाई खोप लगाएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मुलन पार्नका एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको हो ।

यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समुहका युवतीलाई एचपिभी लगाइएको जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि माघ २२ देखि फागुन ६ सम्म बागलुङ जिल्ला भरका ११ हजार १७६ किशोरीलाई खोप लगाइएको हो ।

६ देखि १० कक्षामा अध्यनरत किशोरी र १० देखि १४ वर्षको किशोरीलाई खोप लगाइएको हो । एचपिभी खोप नसर्ने रोगको पहिलो खोप रहेको र लक्ष्य अनुरुप लगाएर अभियान सफल पारिएको खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिनुभयो ।
माघ २२ गते देखि २८ गते सम्म पहिलो चरणमा ६ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म चार पालिकामा खोप लगाइएको थियो भने फागुन ३ देखि ६ गते सम्म छुटेका किशोरीलाई धौलागिरी अस्पताल र वुर्तिवाङ अस्पतालमा खोप लगाइएको खत्रीले बताउनुभयो ।

खत्रीका अनुसार विद्यालयभन्दा बाहिर रहेका ९७ जना किशोरीलाई समेत खोप लगाउन सफल भएको छ । उनिहरु अधिकांश अशक्त र अपाङ्गको सूचिमा रहेका छन् । तथ्याङ्क अनुसार बागलुङ जिल्लामा १०० प्रतिशत किशोरीलाई खोप लगाउने लक्ष्य लिइएपनि बसाइँसराई तथा परिवार सहित विदेश गएका कारण लक्ष्यको ९८ प्रतिशतलाई खोप लगाइएको हो । एचपिभी खोपलाई ‘सिकोलिन’ नामको खोपको नामाकरण गरिएको छ । खोप लगाउन ३१५ जना स्वास्थ्यकर्मी, ६२६ जना संयसेवीका परिचालन गरिएको थियो भने ३१२ खोप केन्द्र तय गरिएको थियो । आगमी वर्ष ६ कक्षामा अध्यनरत विद्यार्थीलाई नियमित खोप दिईने खोप सुपरभाईजर खत्रीले बताउनुभयो ।

धौलागिरी अस्पतालका स्त्रीरोग विशेषज्ञ बिजय ओझाले दिनमा नेपालमा चार जना महिला पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको बताउदै किशोरीलाई खोप लगाउदा भविश्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताउनुभयो । ओझाले शारिरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किसोरी छनौट गरिएको बताउनुभयो । सरकारले सन् २०३० सम्म ९० प्रतिशत लक्ष्य हासिल गर्ने उद्देश्य सरकारले एचपिभी खोप लगाउन थालेको छ । प्रदेश स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप अभियानका लागि गण्डकी प्रदेशमा रु.६ करोड र बागलुङमा ७७ लाख बजेट विनियोजन गरेको थियो ।

यो पनि पढ्नुहोस्