बागलुङमा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने

आदर्श सञ्चार, बागलुङ
बागलुङ जेसीजको आयोजनामा जेसीज कप फुटबल हुने भएको छ । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले फागुन १९ गते २४ गतेसम्म तेस्रो संस्करणको जेसीज कप फुटबल आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे ।

खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । द्वितीय हुनेलाई १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै खेलमा विधागत उत्कृष्ठ हुने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको उहाँकाे भनाइ छ ।

सेमीफाइनल पुग्ने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ । त्यसबाहेक फेयर प्ले टिमलाई ५ हजार, उत्कृष्ठ खेलाडीलाई ५ हजार, उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ मिड फिल्डरलाई ५ हजार, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकलाई ३ हजार र म्यान अफ दि म्याचलाई १ हजार नगद पुरस्कार दिइने छ ।

खेलमा ११ टिम सहभागी हुने आयोजकले जनाएको छ । जेसीजले खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । पहिलो खेल बलेवा फुटबल क्लब र हाइकर्स युनाइटेडले खेल्नेछन् । खेलमा रुद्रे पिपल, श्रीमेहर गण, गुठी युनाइटेड, म्याग्दी डिएफए, पर्पल हेज÷एभिएम, बागलुङ युनाइटेड, अमर आर्दश, जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ सुधार केन्द्र सहभागि हुने भएका हुन् । खेलमा बढीमा ३ जनासम्म विदेशी खेलाडी समेत राख्न पाइने छ । खेलका लागि १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा खेलाडीको दुर्घटना बीमा समेत गरिएको छ । १ लाख रुपैयाँ सम्मको बीमाका लागि नेको इन्सोरेन्सले व्यवस्थापन गरेको छ । यो अवसरले खेलाडीलाई घाइते भएमा तत्काल उपचार गर्ने र आर्थिक व्यवस्थापनमा समस्या नपर्ने विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *