पर्यटकीय स्थल बेलढुंगा जाने लहड,स्थानीयद्धारा घुम्नमा कडाई

फाइल तस्बिरः पर्यटकीय स्थल बेलढुंगामा पुगेका पर्यटक हिमाल हेर्दै । तस्बिरः आरेक अदिप्त गिरी

आदर्श अनलाइन,धम्जा

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीको सिमानामा अवस्थित पर्यटकीय स्थल बेलढुंगा जान रोक लगाइएको ।

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा पनि दैनिक गाडी रिर्जभ गरेर आउने क्रम बढे पछि काठेखोला वडा नम्बर ३ को कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

लकडाउनका अवधिमा सबै नागरिकलाई घर भित्रै सुरक्षित बस्न अनुरोध गरिए पनि बिदेश र शहर बजारबाट गाउँ आएकाहरु जीप रिजर्भ र मोटरसाइकलहरुमा दैनिक बेलढुंगा आउने क्रम नरोकिए पछि स्थानीयको सक्रियतामा कडाईका साथ अनुगमन समेत थालिएको काठेखोला ३ का वडा अध्यक्ष यामबहादुर श्रीसले आदर्श अनलाइनलाई बताए । अध्यक्ष श्रीसका अनुसार पछिल्लो साता दैनिक ३,४ समूह नै आउने गरेको छ । उनीहरुलाई बेलढुगां होम स्टे गाउँ ओखलेबाटै स्थानीयले सवारी रोकेर फर्काइए दिने गरेका छन् ।

म्याग्दी तर्फबाट पनि उस्तै कडाई गरिएको छ । सार्वजनिक सूचनामा लक डाउन अवधिभर बेलढुंगामा घुम्न आउन रोक लगाइएकाले त्यसपछि मात्र आवत जावत गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *