ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

आदर्श सञ्चार, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रबिधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिक भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानको माग र आवश्यकलाई मध्यनजर गरि नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो । विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उहाँको भनाइ छ ।
किसान र नगरपालिकाको कुल रु ९ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताउनुभयो । प्रति हाते ट्याक्टरको मूल्य रु ५२ हजार परेकोमा किसानले रु २६ हजार तिरेको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले परम्परागत कृषि प्रणालीलाई यान्त्रीकीरण र व्यावसायीकरण गर्न हात ट्याक्टर वितरण गरेको बताउनुभयो । ग्रामीण क्षेत्रका अधिकांश नागरिकहरु कृषि र पशुपालन पेसामा आवद्ध रहेको हुँदा उनीहरुलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको कायत बताउनुहुन्छ ।

पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन विस्तरै घट्दै गएको छ भने हाते ट्याक्टरको प्रयोग बढ्दो छ । नगरपालिकाले परम्परागत प्रणालीसँगै आधुनिक प्रबिधिसँग किसानलाई जोड्ने उपप्रमुख कायतको भनाइ छ । खनजोतका लागि गोरुर जनशक्ति अभाव हुँदै गएका बेला हाते ट्क्याक्टरले खेती किसानीमा ठूलो टेवा पु¥याउने उहाँ बताउनुहुन्छ ।

उपप्रमुख कायतले भन्नुभयो – “ढोरपाटनमा धेरै जसो खेती किसानी गर्ने किसान हुनुहुन्छ, हामीहरुले उनीहरुलाई आधुनिक प्रबिधिसँग जोड्न सकेका छैनौँ, पछिल्लो समय कृषिमा धेरै प्रबिधि भित्रिएको हुँदा त्यससँग किसानलाई जोड्नु पर्छ भन्ने हिसाबले यस पटक मिनिटेलर हलो वितरण गरेका छौँ, यसले उत्पादनमा वृद्धि ल्याउन मद्दत पुग्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *