अस्थिरताको अन्त्य एमालेको संकल्प : महासचिव पोखरेल


आदर्श सञ्चार, बागलुङ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले संकल्प गरेको बताउनुभएको छ । उहाँले गठबन्धन र प्रधानमन्त्री फेरिदा देशमा अस्थिरता आएको बताउदै काम गर्नेको स्थिर सरकार बनेमा मात्रै लोकतन्त्र र स्थायीत्व हासिल गर्न सकिने बताउनुभएको छ ।

चिन र भारतको स्थिर सरकारको उदाहरण दिदै महासचिव पोखरेलले अस्थिरता चिर्न एमालेले संकल्प गरेको बताउनुभयो ।
नेकपा एमालेले अघि सारेको वडा–केन्द्रित पार्टी निर्माण अभियान अन्र्तगत आज बागलुङ जिल्ला स्तरीय अन्तरक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालमा समिकरण र प्रधानमन्त्री कति फेरिए हिसाब किताब नभएको बताउदै राजनैतिक स्थायित्व आजको आवश्यकता रहेको बताउनुभयो । अवसरवाद र सौताबाजीका कारण देशमा सरकार टिक्न नसकेको भन्दै नेपालमा जनमत विभाजन गर्ने पार्टी धेरै नटिक्ने बताउनुभयो ।



“नेपालका पार्टीको स्वार्थ र अवसरवादका कारण जनमत टुक्रिएको छ, जनमतलाई विभाजित गर्ने सानादलहरु नेपालमा धेरै टिक्दैनन्, उनिहरुले निर्णयलाई मात्रै प्रभावित पार्ने गरेका छन्” पोखरेलले भन्नुभयो “जनता विचारमा गोलबन्द भइरहेको सन्दर्भमा भड्काउन केही अराजक तत्वहरु हावी भइरहेको बताउनुभयो ।” नेकपा(माओवादी)केन्द्र लक्षित गर्दै महासचिव पोखरेलले दुई दशक जनयुद्ध र जातजातीको नाममा जनतालाई भड्काएको आरोप लगाउनुभएको छ ।

महासचिव पोखरेलले माओवादी पार्टीको दोष एमाले र कांग्रसले लिन नसक्ने बताउनुभएको छ । माओवादीको अवजसको भारी अहिलेको सरकारलाई बोकाउन खोजिएको बताउदै उहाँले माओवादीले जनयुद्धका नाममा १० वर्ष र जनतालाई जातजातीको नाममा १० वर्ष गरी २० वर्षको समय खेर फालेको बताउनुभएको छ । स्वार्थका लागि सरकार चलाउने परिपार्टीको अन्त्य अहिलेको गठबन्धनको सरकाले गरेको बताउनुभयो । राजनैतिक स्थिरिताको लागि ठूला दल एक हुनुको विकल्प नभएको बताउनुभयो ।

इतिहास नपढ्नेले राजा आउ देश बचाउ भन्ने नारा लगाउदै केही नागरिकले भ्रमको खेती गरेको बताउदै अब देश जनताले चलाइरहेको स्मरण गराउनुभयो । जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रमपछि पार्टी गतिविधि र संगठन सुदृढीकरणलाई वडा हुँदै टोल तहमै पुु¥याइने एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

कार्यक्रम एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष विष्णु भुषालको स्वागत तथा सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एक हजार नेता तथा कार्यकर्ता सहभागी रहेको थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *