आदर्श, सञ्चार, म्याग्दी
हुन त पछिल्लो समय प्रविधिको उच्चतम प्रयोग संगै चिठीपत्र पठाउने प्रचलन धेरै धेरै कम भएको छ । तर पनि सरकारी कामकाज, अदालती प्रक्रिया लगायत बैक तथा वित्तीय संस्थाका गतिविधिमा हुलाकको प्रयोग अनिवार्य जस्तै छ । हुलाकको सेवा खुम्चिएर कम हुदै गए पनि आएका चिठी पत्र सम्बन्धित व्यक्तिको घरमा पु¥याउन कठिन हुने गरेको हुलाकमा काम गर्ने कर्मचारीहरुको गुनासो छ ।
साविकको गाविसमा ९ वडा वडा थिए, चिठी कसको हो छुट्ट्याउन सहिजो थियो, अहिले सिंगो गाविस एउटै वडा भएका कारण चिठी पु¥याउन गारो भएको छ, बेनी नगरपालिका–५ पुलाचौर अतिरिक्त हुलाकमा कार्यरत डाँक बाहक जुना बानियाँले भन्नुभयो, ठुलो वडा हुन्छ, एउटै नाम भएका मान्छेहरु धेरै हुन्छन्, पहिचान गर्न नै गारो हुने गरेको छ ।
धेरै मान्छेको नाम एउटै हुन्छ, बल्ल बल्ल पत्ता लगाएर चिठी दियो, चिठी बुझ्ने मान्छेहरुले नै नचिन्दा दुख लाग्छ, बानियाको गुनासो छ । तलब कम छ, जिम्मेवारी ठुलो छ, तर परिचय खास छैन, बानियाले भन्नुभयो, –कोभिड–१९ को समयमा परिचयपत्र नभएको कारण सुरक्षाकर्मीबाट सास्ती खेप्न परेको थियो ।
जिल्ला हुलाक कार्यालय म्याग्दीले कर्मचारीहरुका लागि आयोजना गरेको क्षमता विकास तथा पुनर्ताजगी तालिमका सहभागीहरु मध्ये धेरैको यस्तै गुनासो थियो । परिचय पत्र नभएका कारण गाउँमा काम गर्न गाहे भएको उनीहरुको गुनासो छ ।
पछिल्लो समय अधिकांश पत्रहरु बैंक तथा बित्तीय संस्थाले ऋणीहरुलाइ पठाउने गरेका छन्, त्यो संगै सरकारी रजिष्ट्रर हुने भएकोले टोल समेत उल्लेख गरेर ठेगाना लेखिदिए सजिलो हुन्थ्यो, बेनी नगरपालिका–१०, पात्लेखेतका हुलाक प्रतिनिधि बसन्त शर्माको भनाइ छ ।
जिल्ला भित्र रहेका पालिका हुलाक, अतिरिक्त हुलाक तथा जिल्ला हुलाकका कर्मचारीका लागि क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिनुभयो । म्याग्दीमा २८ अतिरिक्त हुलाक, पाँच वटा पालिका हुलाक र एउटा जिल्ला हुलाकको संरचना रहेको छ ।
प्रविधिको विकासले गर्दा हुलाक कार्यालय छ र ? भन्ने अवस्था सिर्जना हुदै गएको उहाँले बताउनुभयो । आधुनिक प्रविधिहरुको हुदै गएपनि हुलाकको महत्व र विश्वास सँधै रहि रहने भएकोले यसको गरिमा जोगाउन सबै लाग्नु पर्छ, थापाले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समय व्यवस्थापन र सिघ्र प्रतिकृया हुलाकको मुल मन्त्र हुनु पर्ने बताउनुभयो । जिम्मेवारीका साथ काम गर्ने हो भने हुलाक मात्रै होइन, सबै क्षेत्रमा प्रभावकारी सेवा दिन सकिने उहाँले बताउनुभयो ।