कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन, बागलुङ ।
कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो ।

परिक्षणका लागि पठाईएको मध्ये अन्सुका बाबा ऋषीराम सापकोटा, हजुरबुबा लिलाधर सापकोटा, दाई आकाश चापागाई र दिदी प्राप्ती चापागाईको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र वि. पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवती सहित परिवारका अन्य सदस्यहरु ६ जनाको स्वाब परिक्षण हुँदै छ । रिपोर्ट भोलिसम्म आउने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *