आदर्श सञ्चार, बागलुङ
बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
क्याम्पसमा दर्ता भएका ९ संगठनमध्ये नेविसंघको एकल, अखिल संयुक्त प्यानल तथा स्वतनत्रबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसपटक नेविसंघ एक्लै चुनावमा गएको छ भने अनेरास्ववियु, अखिल क्रान्तीकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघको प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।
अखिल संयुक्त प्यानलबाट अध्यक्षमा आश्मिन शेखले उम्मेदवारी दिनुभएको छ भने नेविसंघबाट सृष्टी आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै स्वतन्त्र विद्यार्थी समूहबाट नेविसंघका पूर्व नेता दिपक सुवेदीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सुवेदी यस अघि नेविसंघबाट स्ववियुको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
धौलागिरी क्याम्पस स्ववियु अध्यक्षमा तीन जनाको उम्मेदवारी
