आदर्श सञ्चार, बागलुङ
कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको छ । कालिका लघुवित्त वित्तीय संस्था बाग्लुङ शाखाको आयोजनामा यस अन्तर्गत रहेका ११२ केन्द्रहरु मद्ये ४५ केन्दका केन्द्र प्रमुख उप-प्रमुख तथा अन्य सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विपन्नता र अभावमा लघुवित्तले अभिभावकको भुमिका निर्वाह गरिरहेको सन्दर्भमा केन्द्रमा आवद्ध सबै सदस्यहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्दै आत्मनिर्भरताको बाटो रोज्न जरुरी भएको संस्थाका सञ्चालक समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गणेश पौडेलले वताउनुभयो ।

उद्घाटन सत्रका क्रममा बोल्दै उहाँले वित्तीय संस्था नाफा कमाउनका लागि मात्र नभई सर्वसाधारण नागरिकमा वित्तीय पहुँच पुर्याउन र आर्थिक अभावले आय आर्जनको बाटो रोज्न कठिन भएका नागरिकलाई मद्धत गर्न स्थापना भएको बताउनुभयो । लघुवित्त संस्थाहरुवाट ऋण लिएर विभिन्न विलाशीताका वस्तुहरुमा खर्च गर्ने, अन्य घर ब्यवहार मिलाउने र अनुत्पादक क्षेत्रमा लगानी गर्दा स्वयं ऋणी र संस्थानै समस्यामा पर्ने खतरा रहने सञ्चालक पौडेलले बताउनुभयो ।
कार्यक्रममा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेल , बाग्लुङ नगरपालिका नगर शिक्षा अधिकृत धन प्रसाद शर्मा साथै केन्द्रका प्रमुख लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । केन्द्र प्रमुखहरुका तर्फवाट नविना पुन श्रीषको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख यसुदा आचार्य भुसालले गर्नुभएको थियो । कार्यक्रको दोस्र सत्रमा कुश्मा मुकाम अन्तर्गतका शाखाहरुको अनुगमन अधिकृत चद्र प्रसाद वस्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्र प्रमुख तथा अन्य सदस्यहरु सहित संस्थामा आवद्द ४५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमका विच उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट ऋणी र उत्कृष्ट वचतकर्तालाई नगद पुरस्कार साथै सम्मान पत्रले पुरस्कृत तथा सम्मानित गरिएको थियो । नेपाल राष्ट्रबैंक बाट ‘घ’ वर्गको इजाजत प्राप्त कालिका लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवित्त हो । जसले देशभरका ४३ जिल्लामा १०५ वटा शाखाहरुको स्थापना गरि लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।