पोखराको विशाल सहकारीले १६ प्रतिशत लाभांश दिने

संस्थाको अध्यक्षमा पुन : नेम्कुल
आदर्श संवाददाता
पोखरा

विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजार कास्कीले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको शनिवार सम्पन्न २० औं वार्षिक साधारणसभामा सञ्चालक सििमतिले प्रस्ताव गरेको १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएपछि गत र्आिर्थक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिन लागिएको संस्थाले जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म ६५ करोड वासलात रहेको संस्थामा ६ करोड ३८ लाख ९ हजार ५ सय रुपैया शेयर रकम रहेको छ । बचत ४६ करोड, २५ लाख ७ हजार १ सय ९७, कर्जा लगानी ४५ करोड, ५७ लाख, ६७ हजार तथा जगेडाकोष २ करोड ९२ लाख २९ हजार रुपैया रहेको संस्थाले गत आर्थिक वर्षमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो ।

सहकारीहरुले शेयर लगानीमा १५ प्रतिशतसम्म मात्र लाभांश दिदै आएका थिए । सहकारी ऐन २०७४ ले शेयर लगानीमा १८ प्रतिशतसम्म लाभांश दिन सक्ने प्रावधान बनाएपछि सहकारीहरुले शेयर लाभांश वृद्धि गर्न थालेका छन् । शेयर लगानीमा १८ प्रतिशतको सिमा रहे पनि कारोबारका आधारमा संरक्षित पूँजि फिर्ता कोषमार्फत थप रकम प्रदान गर्न सकिने व्यवस्था सहकारी ऐनमा रहेको छ ।

विशाल को-अपरेटिभको २० औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि भूवन नेम्कूलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शिव शर्मा, सचिवमा तारादेवी पराजुली, कोषाध्यक्षमा बालकृष्ण ढकाल चयन भएका छन् । सञ्चालकहरुमा प्रदीपकुमार मुल्मी, ईन्द्रराज अर्याल, वुद्धिप्रसाद पौडेल, इउल कुमारी पुन पाइजा, कमलप्रकाश सुवेदी चयन भएका छन् । लेखा समिति संयोजकमा रामकृष्ण दुवाडी र सदस्यमा ताराबहादुर श्रेष्ठ तथा मोहनराज पौडेल चयन भएका छन् ।

२० औं वार्षिक साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सदस्य केन्द्रीत भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । सदस्यहरु नै सहकारीका वास्तविक मालिक भएकाले सदस्यहरुको सक्रियता, सञ्चालकहरु क्षमतावान र कर्मचारीहरु दक्ष बनाउनेतर्फ अग्रसर हुनु पर्ने उहाँको भनाइ छ । विशाल सहकारीले गरेका कामलाई थप प्रभावकारी बनाउदै गण्डकी प्रदेशमै उत्कृष्ट सहकारीका रुपमा स्थापित गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक प्रकाश आचार्य, कोषाध्यक्ष नारायण प्रसाद आचार्य, संस्थाका वरिष्ठ सल्लाहकार गोविन्द प्रसाद ढकाल, वुद्ध विशालबजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षता, उपाध्यक्ष जगन्नाथ ढकालको स्वागत र सचिव सुदीप ढकालको सञ्चालनमा सम्पन्न साधारणसभामा अध्यक्ष नेम्कुलले वार्षिक प्रतिवेदन, सचिव ढकालले वार्षिक नीति तथा कार्यक्रम र लेखा समितिका संयोजक रामकृष्ण दुवाडीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सहकारीका ज्येष्ठ सदस्यहरुलाई संस्थाले पेन्सन वितरण समेत गरेको छ । ७५ वर्ष पुरा गरेका शेयर सदस्यहरुलाई वार्षिक ४ हजारका दरले पेन्सन वितरण गरिएको थियो । प्लसटु र स्नातकमा उत्कृष्ट अंक ल्याएका सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट कारोबार गर्ने सदस्य पूर्णमाया गुरुङ, मनोजकुमार रेग्मी, सुरेशप्रसाद गुप्ता, इक्रामुद्विन मियाँलाई पनि सोही अवसरमा सम्मानित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *