लकडाउनमा पनि खानेपानीका कर्मचारी व्यस्त

आदर्श अनलाईन, बागलुङ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइसलाई लक्षित गरि सरकारले लकडाउन गरिरहेको समयमा बागलुङ सदरमुकाम खानेपानी सहज बनाउन थालिएको छ ।

कोरोना भाइरसको महामारी चलिरहेको बेला बागलुङ नगरपालिका वडा नम्बर २ गोल्डेन गेट चोकमा खानेपानीको पाइप फुटेर पानी अवरोध भएपछि खानेपानीका कर्मचारीहरू कोरोना भाइरसको जोखिम मोलेरै खानेपानी व्यवस्थापन गरिरहेका छन् ।

कोरोनाको जोखिम भए पनि खानेपानीको समस्या समाधान गर्न लागिपरेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय प्रमुख हिमाल शर्माले बताए ।
कर्मचारीहरूको जोखिमाई ध्यानमा राखेर खानेपानीमा काम गर्ने सबै कर्मचारीको बिमा गरि दिएको प्रमुख शर्माले बताए ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले संचालन गरेर नगरपालिका भित्रका उपभोक्तालाई वितरण गर्दै आएको छ । बागलुङ सदरमुकाममा ३ हजार ७ सय उपभोक्तालाई नियमितरूपमा खानेपानी वितरण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *