आदर्श सञ्चार, बागलुङ
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४ बुकलमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपाल विद्युत प्राधिकिरणले निर्माण गर्न लागेको रघुगंगा जलविद्युतमा काम गर्ने जेपी कम्पनिको जिपि२ए ७०८८३ नम्बरको मिलर गाडी दुर्घटना हुँदा बेनी नगरपालिका–२ खबराका ४२ वर्षिय हेमबहादुर घिमिरेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) भरत श्रेष्ठका अनुसार मिलर गाडीमा रहेका चालकको दुर्घटनाबाट मृत्यु भएको हो ।
मृतकको सव पोष्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ । मृतकको सवलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।