मन कुमारी केसी, बागलुङ
धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पदका उम्मेदवार दिपक सुवेदीले नेपाल विद्यार्थी संघका उम्मेदवारलाई आफ्नो समर्थन रहेको बताएका छन् ।
चैत ५ गते हुने निर्वाचनका उम्मेदवारी फिर्ता लिने समयसम्म अध्यक्षमा उम्मेदवारी दिएका दिपकसँगै अखिल संयुक्त प्यानलबाट आस्विन शेख र नेविसंघका उम्मेदवार सृष्टि आचार्यको उम्मेदवारी कायम रहेको छ ।
फागुन २९ गते उम्मेदवारी फिर्ता लिने समय भएपनि उम्मेदवारी फिर्ता नलिएका दिपकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो समर्थन सृष्टिलाई रहेको जानकारी गराएका हुन् ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्ववियु उपसभापति समेत रहेका दिपकले आफु सरासर अध्यक्षका लागि दावेदार र योग्य उम्मेदवार भएपनि आफ्नो मातृ पार्टी नेपाली काँग्रेस र संगठनले स्वभियु कोषाध्यक्ष रहेकी सृष्टिलाई अध्यक्षको टिकट दिएपछि आफु असन्तुष्ट रहेर उम्मेदवारी दिएको भएपनि अन्तमा सृष्टिलाई समर्थन गरेको बताए ।
आफ्नो जत्तिकै संगठन निर्माणमा सृष्टिको पनि योगदान रहेको भन्दै सृष्टिलाई जिताउन लाग्ने बताएका हुन् ।
स्ववियु अध्यक्षमा सृष्टिलाई दिपकको समर्थन
