निजी क्षेत्रको नेतृत्वमा छ जनाको आकांक्षा


आदर्श सञ्चार, बागलुङ
निजी क्षेत्रको छाता संगठनक बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसंगै आकांक्षा व्यक्त गर्नेको संख्या छ जनामा पुगेको छ । आगामी चैत्र १६ गतेका लागि बागलुङ उद्योग बाणिज्य संघको १९ औं अधिवेशनको मिति तोकिएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि आकांक्षीहरुले नेतृत्वका लागि लबिङ शुरु गर्नुभएको छ । अहिले सम्म छ जना उम्मेदवारले नेतृत्वका लागि आकंक्षा व्यक्त गरेको छन् ।

मनोनयनको दर्ताको मिति नजिकिँदै गर्दा हाल सम्म नेतृत्व समाल्नका निम्ती ६ जना आकांक्षी देखिएका छन् । अध्यक्ष पदको लागि वर्तमान बरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा वर्तमान सदस्य उमाकान्त शर्मा ‘बाबु’ संघका पूर्व महासचिव दयाराम पौडेल, वर्तमान द्धितिय उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, महासचिव ऋषिराम गौतम र कोषाध्यक्ष नवीन कुमार श्रेष्ठले अध्यक्ष पदका लागि आफुहरु आकांक्षी रहेको बताएका छन् ।

गत निर्वाचनमा निर्माण कुमार श्रेष्ठ ‘बासु’ले समेत नेतृत्वका लागि आकांक्षा व्यक्त गरेपनि नेपाल परिवार नियोजन संघको केन्द्रिय कोषाध्यक्ष भएपछि अहिले आफूले आकांक्ष व्यक्त नगरेको जानकारी दिनुभयो । सर्वसम्मत अध्यक्ष हुनुभएको बर्तमान अध्यक्ष नरेश कँडेलले भने अहिलेको निर्वाचन समेत सर्वसम्मतीको प्रयासबाट हुने बताउदै सबै आकांक्षीहरु मिल्नुपर्ने बताउनुहुन्छ ।
आकंक्षीको संख्या आधा दर्जन पुगेपछि वर्तमान अध्यक्ष कँडेलले नयाँ अनुहार समेत अध्यक्षमा आउन सक्ने खुलासा गर्नुभयो ।
“सर्वसहमतीको प्रयास गर्न आवश्यक छ, आ–आफै उम्मेदवारी घोषणा गरेर मात्रै हुँदैन, निर्वाचनमा जान भन्दा सर्वसहमतीमा आउन सहज हुन्छ” कँडेलले भन्नुभयो “म नेतृत्वमा दोहेरिन्न तर सबैले दाबी मात्रै गरेर सर्वसहमतीमा आउनुभएन भने नयाँ अनुहारको अध्यक्ष बन्दा आर्चय नमाने हुन्छ ।”

आकंक्षा व्यक्त गरेका ६ जना नै लामो समय देखी बागलुङमा सफल व्यवसायीका रुपमा परिचित रहेका छन् । उनिहरुमध्ये चार जना कांग्रेस निकट र दुई जना एमाले निकट छन् । एमाले र कांग्रेस गठबन्धको सरकार भएकाले सहमतीमै नेतृत्व चयन हुाने संभावना त्यतिकै देखिन्छ । राजन कुमार शाक्य, उमाकान्त शर्मा ‘बाबु’ ऋषिराम गौतम र नविन कुमार श्रेष्ठ काँग्रेस समर्थक व्यवसायी हुन भने दयाराम पौडेल र सञ्जय कुमार श्रेष्ठ एमाले समर्थक व्यवसायी हुन । शाक्य र शर्मा संघको १८ औं अधिवेशनमा नै अध्यक्षका लागि आकांक्षी थिए । नरेश कँडेल अघिका युवराज राजभण्डारीसंग चुनावमा होमिएका दयाराम पौडेल यस पटक आफूलाई सबैले सर्मथन गर्नेमा आशावादी रहेको बताउनुहुन्छ ।

गत निर्वाचनमा शाक्यले वर्तमान अध्यक्ष नरेश कंडेललाई समर्थन गरेपछि उमाकान्त शर्मा र निर्माण कुमार श्रेष्ठ पछाडी हट्नु भएको थियो । अहिले सम्म काँग्रेस र एमाले समर्थक व्यवसायी मात्र नेतृत्वका लागि आकांक्षी देखिएका छन् भने माओवादी सहित अन्य दलबाट आकांक्षी रहेका छन् । अध्यक्ष बाहेक अन्य सदस्यमा माओवादी केनद्रको उम्मेदवारी रहने व्यवसायी अर्जुन चोखालले बताउनुभयो ।

अध्यक्षका लागि आकांक्षी राजन कुमार शाक्य सबैभन्दा बरिष्ठ छन् । उनि सात कार्यकालय उद्योग वाणिज्यसंघको नेतृत्वमा रहेका छन् । शाक्य संघको बरिष्ठ उपाध्यक्ष हुन् । उनि २०६१ सालमा ११ औं अधिवेशन देखी बागलुङ उद्योग बाणिज्य संघको सदस्य भएर काम गरिरहेका छन् ।

शाक्य संघको उप महासचिव, कोषाध्यक्ष प्रथम उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रहेका छन् । उहाँले आफूलाई व्यवसायीले न्याय गर्ने बताउनुभयो । अर्को आकांक्षी उमाकान्त शर्मा ‘बाबु’ बागलुङ बजारमा लामो समय देखी व्यवसाय संचालन गर्दै अउनुभएको छ । उहाँले २०६३ सालमा बागलुङ उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य देखि संघको १६औं अधिवेशनमा लोकप्रिय मत सहित सदस्यमा निर्वाचित भएर संघको उपमहासचिव समेत हुनुभएको छ ।
शर्मा १७ औं अधिवेशनमा पुन सदस्यमा निर्वाचित भएर बरिष्ठ उपाध्यक्ष भई काम गर्नुभएको थियो । उहाँले आफूले नेतृत्व लिन चाहेको बताउनुभयो ।

अध्यक्षकै अर्का आकंक्षी दयाराम पौडेल यस पटक सर्वसम्मत नेतृत्वका आफूलाई अगाढी बढाइनेमा आशावादी हुनुभएको छ । उहाँले महासचिव तथा एक पटक निर्वाचनमै होमिएका कारण यस पटक सर्वसम्मत रुपमा नेतृत्व आफूलाई दिने बताउनुभयो ।

उहाँ संघको १७ औं अधिवेशनमा अध्यक्षका प्रत्यासी समेत हुनुहुन्छ । उहाँ पूर्व अध्यक्ष युवराज राजभण्डारीसंग नेतृत्वका लागि चुनावी मैदानमा होमिनु भएको थियो ।

पौडेल २०५९ सालदेखी संघको सदस्य भएर काम गर्दै आएको बताउनुहुन्छ । उहाँ हाल सम्म ४ पटक सदस्य भएर १६ औं अधिवेशनमा जयराम भारी अध्यक्षमा निर्वाचित हुँदा महासचिव हुनुभएको थियो ।
उहाँ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको सदस्य हुनुहुन्छ । अध्यक्षका लागि हालका द्धितिय उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठले पनि आकांक्षा व्यक्त गर्नुभएको छ उहाँले सर्वसहमतीको प्रयासमा भने आफूले सघाउने बताउनुभयो । उहाँले आफूभन्दा वरिष्ठ साथीहरुसंग मिल्न सक्नेभन्दै नयाँ साथीहरुसंग चुनावी मेदानमा जाने बताउनुभयो ।संघको १४औं अधिवेशनबाट सदस्य भएका श्रेष्ठ निरन्तर संघका रहेर काम आउनुभएको श्रेष्ठले यस पटक अध्यक्षमा दावी गर्नुभएको छ ।

अध्यक्षका लागि वर्तमान महासचिव ऋषिराम गौतमले अध्यक्षमा आकंक्षा व्यक्त गर्नुभएको छ । उहाँ सक्रिय महासचिवका रुपमा चिनिएपछि अध्यक्षका लागि मैदानमा आउन थालेको बताउनुभयो । उहाँ १८ औं महाविधेशनमा पहिलो पटक संघको सदस्य भएर महासचिव बन्नु भएको थियो । महासचिव हुँदा गौतमको कार्यकुशलता प्रशंसनिय देखिएको छ । अध्यक्षकै लागि हालका कोषाध्यक्ष नविन कुमार श्रेष्ठले पनि आफु आकंक्षी रहेको बताउनुभएको छ । श्रेष्ठ २०५४ साल देखी बागलुङ बजारमा व्यवसाय गर्दै आएको र यहाँका उद्योगी व्यवसायीको नेतृत्वमा रहेर काम गर्ने आफु ईच्छुक रहेको बताउनुभयो ।

संघको निर्वाचनका लागि चैत्र १६ गते शनिबार मतदानका लागि समय निर्धारण गरिएको छ । निर्वाचन कार्यतलिका अनुसार चैत्र ११ गते उम्मेदवारी दर्ताको समय रहको छ । संघमा हाल कुल १ हजार ४२० उद्योगी व्यवसायी सदस्य छन् । सदस्यहरुले १ जना अध्यक्ष, विषयगतमा महिला उद्यमीतर्फ ३ सदस्य, उद्योगतर्फ २ सदस्य, वस्तुगततर्फ १ र खुल्लातर्फ १४ सदस्य गरी कुल २१ जनालाई मतदान गर्न पाउने छन् । संघमा निर्वाचित अध्यक्षले ४ जना मनोनित गरी कुल २५ सदस्यीय कार्यसमिति गठन हुने ब्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *