मनकुमारी केसी, बागलुङ
खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम अर्यालले दुग्ध जन्य पदार्थको उचित भण्डारण र सुरक्षा गर्न सके गुणस्तर कायम गर्न सकिने बताउनु भएको छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघले आफ्ना कर्मचारीको बिचमा सुरु गरेको पाँचदिने दुग्ध जन्य पदार्थ उत्पादन र प्रशोधन सम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले स्वच्छ दुध उत्पादन र प्रशोधन गर्न सकेमा मात्रै बजारीकरणमा सहज हुने बताउनु भयो । उहाँले गोठदेखि प्रशोधन गृहसम्म दुधको स्वच्छता कायम राख्न कर्मचारीले ध्यान दिनुपर्ने बताउनु भयो । पाँच दिनसम्म चल्ने तालिमको पशु चिकित्सक डा.अपार पौडेलले सहजीकरण गर्नु हुनेछ ।
तालिममा संघका दुई दर्जन कर्मचारी सहभागी रहेका छन् । संघले तालिमपछि दुधको गुणस्तर बढाउन सहयोग पुग्ने अपेक्षा राखेको छ ।
तालिमको उद्घाटन कार्यक्रम दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सदस्य केशव कंडेलको स्वागत तथा सचिव गोविन्द प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।