आदर्श सञ्चार, बागलुङ
अमेरिकाको म्यारिल्याण्डमा विभिन्न पेशा व्यवसायमा संलग्न बागलुङेहरुले स्थापना गरेको संस्था बागलुङ समाज अमेरिका (म्यारिल्याण्ड) को अध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनु भएको छ ।
समाजमा आवद्ध सदस्यहरुको हित, एकता, सेवा, समुन्नत भविष्य निर्माणमा योगदान गर्ने उद्देश्यका साथ स्थापित समाजको वरिष्ठ उपाध्यक्षमा टुकराज शर्मा, उपाध्यक्षहरुमा राम कार्की, यमुना शर्मा र इश्वर शर्मा चयन हुनु भएको छ । समितिको महासचिवमा राजन ठकुरी, सचिव पुरुषोत्तम ढकाल, कोषाध्यक्ष मनोहरि सापकोटा, मेम्बरसिप निर्देशकमा प्रकाश उपाध्याय तथा इन्फरमेशन निर्देशकमा विपिन कार्की चयन हुनु भएको छ ।
समितिका सदस्यहरुमा दिपेश अधिकारी धन केसी, किशोर शर्मा रहनु भएको बागलुङ समाज म्यारिल्याण्डका पूर्व सल्लाहकार लाल बहादुर कुँवरले जानकारी दिनु भएको छ । समितिका अन्य सदस्यहरु र सल्लाहकार समितिले चयन गर्ने जनाइएको छ ।
बागलुङ समाज म्यारिल्याण्डको अध्यक्षमा भण्डारी
