आदर्श सञ्चार, बागलुङ
अमेरिकाको टेक्सासमा विभिन्न पेशा व्यवसायमा संलग्न बागलुङेहरुले स्थापना गरेको संस्था बागलुङ समाज अमेरिका (टेक्सास) को अध्यक्षमा राजु रिजाल चयन हुनु भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मुकुन्द कंडेल, उपाध्यक्षहरुमा ध्रुव भुषाल, शालिक सापकोटा र कृष्ण आचार्य तथा महासचिवमा ज्योती अधिकारी, सचिवमा सुवोध केसी र कोषाध्यक्षमा मिलन सुवेदी चयन हुनु भएको छ । समितिका सदस्यहरुमा सीता सापकोटा, प्रेम कंडेल, रामकृष्ण सापकोटा, बबिता शर्मा, सम्झना थापा, लेखनाथ गौतम, अर्जुनराज पन्त, जीवन शर्मा, सुरेन्द्र रेग्मी, गोविन्द प्रसाद कंडेल, चित्रा भङ्गराई, छविराज सुनार र तिलक थापा चयन हुनु भएको छ ।
समितिको संरक्षकमा ओमकार लामिछाने रहनु भएको बागलुङ सेवा समाज अमेरिका (म्यारिल्याण्ड) का अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । बागलुङ सेवा समाजमा आवद्ध सदस्यहरुको समग्र हितमा काम गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको जनाइएको छ ।
बागलुङ समाज टेक्सासको अध्यक्षमा रिजाल
