आदर्श सञ्चार, म्याग्दी
ब्राह्मण समाज नेपाल म्याग्दीले भवन बनाउने भएको छ । समाज गठन भएको १३ वर्षसम्म आफ्नै भवन नहुँदा कार्यक्रम गर्न समस्या भएको हुँदा समाजको चौथो साधारण सभाले भवन बनाउने निर्णय गरेको हो ।
साधारण सभाको उद्घाटन गदैं प्रतिनिधि सभा सदस्य गोविन्द पौडेलले ब्राह्मण समाजले सामाजिक कार्यमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । समाजको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा ब्राह्मण समाजका केन्द्रीय सदस्य नारायणदत्त सुवेदी, ब्रह्मण समाज महिला समितिका रन्जता सुवेदी, सल्लाहकार बालकृष्ण सुवेदी, सोमनाथ ढुंगाना, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा समाजका तर्फबाट गोविन्द सुवेदीले बाह्मण समाजसँग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा धौलागिरी भजन समुह, जडभरत शालग्राम गण्डकी संस्कृत माध्यमिक विद्यालय, बाह्मण समाज बरंजा इकाई, भजन समुह, कमला पौडेल, नकुल ढकाल, जयन्ती सुबेदी, बाल मादले सौरब सुबेदी, मन्दिरा पौडेल, टिकाराम आचार्यलाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।