सूचना तथा प्रसारण विभागको घुम्ती शिविरबाट तीन जिल्लाका पत्रकार लाभान्वित

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीमा भएको घुम्ती विशिरबाट धौलागिरीका १६ पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा सञ्चालित तालिमबाट तीन वटा अनलाइन दर्ता भएका छन् ।

तीन दिनसम्म सञ्चालन भएको तालिम र घुम्ती शिविरबाट म्याग्दीसहित पर्वत र बागलुङका पत्रकारहरुले सेवा लिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

तीन दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारितासँग सम्बन्धित विभिन्न विषयहरुमा पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *