काठेखोलाका सहकारीकर्मीलाई लेखा व्यवस्थापन तालिम


आदर्श सञ्चार, बागलुङ

सहकारी रजिष्ट्रार कार्यालय पोखराको आयोजना तथा काठेखोला गाउँपालिका र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा काठेखोलामा सञ्चालित ३ दिने सहकारी लेखा तथा व्यवस्थापन तालिम मंगलवार सम्पन्न भएको छ । 

तालिम समापन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीले समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका कमजोरी सच्याएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी क्षेत्रले समुदायको विकासमा महत्वपूर्ण योगदान गरेका छन्, धेरै सहकारीले पूँजि परिचालन गरेका छन, प्रमुख प्रशासकीय अधिकृत कार्कीले भन्नुभयो,– केही सहकारीहरुले गरेका सहकारीको मर्म र भावना विपरितका कार्यहरुले समग्र सहकारी अभियानप्रति नकरात्मक धारणा उत्पन्न भएको छ, सबै सरोकारवालाहरु मिलेर यसलाई चिर्न आवश्यक छ ।
काठेखोला गाउँपालिकाले सहकारीको प्रवद्र्धन र विकासका लागि निरन्तर काम गर्दै आएको जानकारी गराउदै उहाँले सहकारीका सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बन्न सुझाव दिनुभयो ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराका शाखा अधिकृत इश्वरी ढकालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी अभियानलाई अप्ठेरो अवस्थाबाट सुधार गर्दै पुरानै अवस्थामा पु¥याउनका लागि सबैसंग समन्वय गर्दै अगाडि बढेको बताउनुभयो ।
तालिममा सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृतहरु चोलाकान्त वाग्ले र इश्वरी ढकाल, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकारहरु राम बहादुर जि.सी र तेजेन्द्र थापा मगरले सहजीकरण गर्नु भएको थियो ।

काठेखोला र बागलुङ नगरपालिका अन्तरगतका विभिन्न सहकारी संघ संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको तालिममा सहकारीमा लेखा व्यवस्थापन, ऋण व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो । 

कार्यक्रममा सहभागीहरु गाजा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्य प्रसाद कंडेल र रेश साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले तालिमले सहकारीमा देखिएको निरासालाई चिर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भएको थियो ।
समापन कार्यक्रमको सञ्चालन काठेखोला गाउँपालिका सहकारी शाखाका प्रमुख प्रकाश पौडेलले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *