आदर्श सञ्चार, बागलुङ
बिहीबारदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष बागलुङबाट चार हजार नौ सय ९० विद्यार्थीले सहभागी हुने भएका छन् । परीक्षाका लागि जिल्लाभर ३१ वटा केन्द्रमा परीक्षा परीक्षा हुँदैछ ।
नियमित साधारण तर्फ तीन हजार सात सय ९८, प्राविधिक दुई सय ४७ ,ग्रेड वृद्धि साधारणमा आठ सय ८१ , ग्रेडवृद्धि प्राविधिकमा १९ र ग्रेडवृद्धि पुरानो (२०७८–०७९)बाट ४५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय ११७, संस्थागत २९ गरी जम्मा १४६ विद्यालयबाट सहभागी हुने उहाँकाे भनाइ छ । परीक्षा विहान ८ बजे देखी सुरु भई ११ बजे सम्म सञ्चालन हुने छ । परीक्षा चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ । साधारण धारको चैत्र १५ सम्म सञ्चालन हुने अर्यालले बताउनुभयाे । प्राविधिक धारको परीक्षा भने १७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा सञ्चालनको लागि बागलुङ जिल्लाभर ३१ जना केन्द्राध्यक्ष, ५० जना सहायक केन्द्राध्यक्ष, निरीक्षक २६०, परीक्षा सहायक ६३, कार्यालय सहयोगी ११४ र ४६५ सुरक्षाकर्मी परिचालन गरिने उहाँकाे भनाइ छ ।