बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन

आदर्श सञ्चार, म्याग्दी
बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । बिहीबार साँझा बेनी नगरपालिकाको परिसरमा बेनी आक्रमणको २१ औं वर्ष पुगेको अवसरमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी आक्रमणको २१ वर्ष पुग्दा पनि घाइते कृष्णलाल श्रेष्ठलाई राज्यले पीडितको सूचिमा राख्न नसकेको बताउनुभयो । आक्रमणमा धेरैले ज्यान गुमाएको भन्दै त्यस मध्ये धेरैको अझै पहिचान हुन नसकेको उहाँको भनाइ छ ।

केसीले भन्नुभयो – ‘२०६० चैत ७ गते तत्कालीन सशस्त्र युद्धरत माओवादीले गरेको जिल्ला सदरमुकाम आक्रमणको महसुस पुराना पुस्ताले मात्रै गर्न सक्ने छ, नयाँलाई त्यो थाहै हुँदैन, आक्रमणका क्रममा मृतकको शव सही व्यवस्थापन सर्न सकिएन, त्यो दिन सम्झिाँदा फेरि त्यता तिर फर्किन नपारोस् भन्ने लाग्छ ।’

दिप प्रज्ज्वलन कार्यक्रम द्वन्द्व पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष राजु रिजालको अध्यक्षता र अपाङ्गता भएका द्वन्द्व पीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सचिव सुरेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *