आदर्श सञ्चार, बागलुङ
नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा बागलुङ शाखाले पत्रकारको स्वास्थ्य परीक्षणसँगै सरसफाइ र वृक्षारोपण गरेको छ । महासंघले शुक्रबार विहान कार्यालय परिसर सरसफाइ र वृक्षारोपण गरेको हो ।
शुक्रबार दिउसो जिल्लामा क्रियाशीलय ४८ जना पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगर स्वास्थ्य शाखा र युआरएल धौलागिरीकोको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो उहाँको भनाइ छ ।
चैत १६ गते विहान प्रभातफेरी, चियापान कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।