खेलकुद विकास समितिद्वारा बिरामीलाई फलफूल

आदर्श सञ्चार, बागलुङ
खेलकुद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति बागलुङले बिरामीलाई फलफूल वितरण गरेको छ । धौलागिरी प्रदेशिक अस्पताल बागलुङमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको जिल्ला खेलकुद विकास समिति बागलुङका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनु भयो ।

अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको अवसर पारेर आइतबार फलफूल वितरण गरिएको हो । सो अवसरमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका डाक्टर विकास ओझाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जिल्ला खेलकुद विकास समिति बागलुङका पूर्व अध्यक्ष बाबुलाल शाक्य, धन बहादुर परियार, रोटरी क्लब बागलुङका अध्यक्ष रामकृष्ण शर्मा, एकता सहकारी संस्थका अध्यक्ष ध्रुव प्रसाद शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका सचिव किशोर थापाले सहजिकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्