कालिका कपको उपाधि गलकोटलाई

आदर्श, सञ्चार बागलुङ

कालिका कप पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले चुमेको छ ।

सोमबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिका र जैमिनी नगरपालिका बीच भएको प्रतिस्पर्धामा गलकोट बिजयी भएको छ ।

गलकोट नगरपालिका र जैमिनी नगरपालिकाबीच भएको भएको फाइनल  खेलमा तीन सेट गलकोट र जैमिनीले एक सेट जितेको थियो । खेलको पहिलो सेटमा जैमिनी नगरपालिकाले २५–१९ प्राप्त गरेको थियो ।

यस्तै दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२७ र चौथो सेटमा २५–२० प्राप्त गरी जैमिनी नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि चुमेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । जैमिनीले उपबिजेतामै चित्त बुझाएको थियो ।

ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालिका कप प्रयितोगितामा उपाधि चुमेको गलकोटले रू.दुईलाख ट्रफि र मेडल प्राप्त गरेको छ ।

आइतवार भएको सेमि फाइनल खेलबाट जैमिनी नगरपालिका र गलकोट नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।
जैमिनीले काठेखोला गाउँपालिकालाई र गलकोटले सिद्धार्थ चश्माघरलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

कालिका कप पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगितामा विजेता हुनेले २ लाख नगद र उपविजेताले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलमा पुगेका काठेखोला र सिद्धार्थ चश्माघरले २५–२५ हजार तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित पुरस्कृत भएका छन् ।

यो पनि पढ्नुहोस्