‘व्यावसायिक पत्रकारितामा बागलुङ अब्बल’

आदर्श सञ्चार, बागलुङ
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले बागलुङको पत्रकारिता व्यवसायक र संस्थागत रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, बागलुङ र जिल्लाका संचार माध्यमको अनुगमन अनुगमन पश्चात भुसालले व्यवसायिक र संस्थागत पत्रकारितामा बागलुङको राम्रो अभ्यास रहेको पाइएको बताउनुभएको छ ।

अनुगमनको क्रममा उहाँले संस्थागत र स्वरोजगारमूलक संचार माध्यमको विकासमा काउन्सिल सहयोगी बन्ने बताउनुभयो ।

सोमबार बुर्तिवाङ स्थित ढोरपाटन एफएम र रेडियो परिवर्तन तथा गलकोट एफएम लगायतको अनुगमन गरेको बताउदै मंगलबार बागलुङका संचार माध्यामको जानकारी, अनुगमन र पत्रकार महासंघका पदाधीकारी र उपलब्ध पत्रकार बीच छलफल समेत भएको थियो ।

पत्रकार महासंघमा भुषालले पत्रकारितालाई अनुगमन, नीति निर्माण तथा आँचार संहितामा ध्यान दिने बताउदै मििडयाको चुनौतीको विषयमा मिडियासंगै सहकार्य गर्न तयार भएको बताउनुभयो ।

आचारसंहिता उलंघनका घटना बढ्दै गएपनि बागलुङका संचार माध्यमहरुको उजुरी नआएको र अनुगमनको क्रममा समेत राम्रो पाएको बताउनुभयो ।

महासंघका उपाध्यक्ष सिर्जना पन्तले भुसाललाई पत्रकार महासंघमा स्वागत गर्नुभएको थियो । साथै कार्यक्रममा महासंघ र जिल्लाका संचार माध्यमको अवस्थाबारे पन्तसहित सचिव नारायण रिजाल र कोषाध्यक्ष खेमराज गौतमले जानकारी गराउनुभयो । बागलुङमा नियमित प्रकाशित पत्रपत्रिकालाई पनि हेर्ने दृष्टीकोण सकारात्मक बनाउन सहभगिले भुसाललाई आग्रह गरेका थिए ।

आचारसंहिता अनुगमन बढाउन, संचारकर्मीलाई आवस्यक प्रशिक्षण दिन र संचार माध्यमको सवलीकरणमा पनि साथ दिन पत्रकारले भुसाललाई आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्